कांग्रेस सहमहामन्त्री : डीना, भीष्मराज र जीवन निर्वाचित

हेटौंडा खबर
December 17th, 2021

नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्।

बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन्।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

आङ्देम्बेले २७११ मत पाए। उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे। परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए।

८ जना सहमहामन्त्री रहेको काँग्रेसमा मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना शुक्रवार बिहानदेखि हुने निर्वाचन समितिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*