मदिरा सेवन गराई १४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

हेटौंडा खबर
December 27th, 2021

काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्यावालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हाे ।

ती बालिका डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति ग्यावाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेकाे अनुसन्धानबाट खुलेकाे महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ । ग्यावालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*