गर्भवती प्रेमिकाको हत्या अभियोगका कैदी फरार भागेपछि जेलर पक्राउ

हेटौंडा खबर
December 27th, 2021

आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार फरार भएपछि कारागारका जेलर पक्राउ परेका छन् ।

प्रहरीले घोराही कारागारका जेलर युवराज परियारलाई आइतबार बेलुकी पक्राउ गरेको हो । परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जेलर पक्राउका विषयमा बोल्न चाहेनन् । ´अनुसन्धान जारी छ’,एसपी काफ्लेले भने,´अनुसन्धान भइरहेको विषयमा नबोल्दा राम्रो हुन्छ ।’

प्रहरी स्रोतका अनुसार जेलर परियारलाई म्याद थप गर्न लैजाने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*