कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

हेटौंडा खबर
December 27th, 2021

कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई खोप लगाइएको छ। विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउन थालेपछि सङ्ख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै एक करोड एक लाख ६६ हजार ५०४ जनाले पूर्ण खोप पाएका छन्। त्यस्तै, एक डोज लगाउनको सङ्ख्या पनि एक करोड ३५ लाख ७३ हजार ७९२ पुगेको छ।

आज कोरोना सङ्क्रमितको सङ्ख्या पनि केही बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, १० हजार ८८६ जनाको स्वाब परीक्षण गर्दा २७१ जनामा कोरोना देखिएको छ। आइतबार नौ हजार ६७७ जनाको स्वाब परीक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि भएको थियो।

सोमबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२५ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*