मकवानपुर प्रहरीद्वारा ६७ हजारसहित जुवा खेल्ने ८ जना पक्राउ

हेटौंडा खबर
December 27th, 2021

मकवानपुर प्रहरीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउसो मकवानपुरको बकैया गाउँपालिका ९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलीरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले कौडा खेलिरहेको अबस्थामा कौडा १६ थान र सत्सठ्ठी हजार छ सय पैतिस रुपैयासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।
पक्राउ पर्नेमा बकैया ९ हर्कपुर बस्ने वर्ष ३६ को दावा लामा, ठुलोथली बस्ने वर्ष ४० को दिपलाल थोकर, सेतोभिर बस्ने वर्ष ४९ को सुन्दर घिसिङ्, वर्ष ५५ को राम बहादुर थिङ् ,पाङ्रेखोला मगरटोल बस्ने वर्ष ३२ को शुसिल लामा, वर्ष ३८ को कमल थिङ्, गमलटार बस्ने वर्ष ४५ को बिजय वाईबा र वर्ष २६ को आकाश न्यासुर रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई आज जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आबश्यक अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*