रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’, अध्‍यक्षमा श्रीमती

हेटौंडा खबर
January 3rd, 2022

डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।

सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न  निर्वाचन आयोगमा पुगेको थियो।

डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर उनी जान पाएनन्।

चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन्। फरार रहेका चौधरीले २०७४ को चुनावमा प्रतिनिधि सभा सदस्य जितेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*