नेवारी परिकारका पारखीहरुका लागि हेटौंडामा ‘स्टार नेवारी’को शुभारम्भ

हेटौंडा खबर
February 11th, 2022

नेवारी परिकारका पारखीहरुका लागि हेटौंडामा स्टार नेवारी खाजा घरको शुभारम्भ भएको छ ।

हेटौंडा उपमहानगरपालिका-९ स्थित सिमेन्टरोडमा शुक्रबार (आज) देखि नेवारी खाजा घरको शुभारम्भ भएको हो ।

शान्त तथा पारिवारिक वातावरणमा विशुद्ध नेवारी परिकारहरुको नया स्वादसहित स्टार नेवारी खाजा सुरु गरेको संचालक सन्तोष उलकले जानकारी दिए ।

नेवारी परिकार यमरी, चटामरी, सपुमिचालगायत नेपाली खाना, ढिडो, थकाली खाना, फास्टफुडका सम्पूर्ण परिकारहरु स्टार नेवारीमा उपलब्ध हुने उलकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*