स्थानीय निर्वाचन लागि ९२ मुख्य निर्वाचन अधिकृत सिफारिस

हेटौंडा खबर
February 28th, 2022

न्याय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशहरूको नाम सिफारिस गरेको जनायको  छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार ७७ जिल्लाका लागि ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएका जनायका छन्  । १५ जना न्यायाधीशलाई जगेडा मुख्य निर्वाचन अधिकृतको रुपमा समेत सिफारिस गरिएका छन्  ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा आज न्याय परिषद्सहित न्याय सेवा आयोगको समेत बैठक बसेका  थिय । न्याय सेवा आयोगको बैठकबाट न्याय सेवा समूह, कानून समूह र सरकारी वकिल समूहसहित तीनवटै समूहबाट ३६७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको प्रवक्ता कार्कीले बतायका छन् ।

न्याय समूहका १७९, कानून समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवहरूलाई निर्वाचन अधिकृतको रुपमा आयोगले सिफारिस गरेका हुन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*