अब कडाई भारतबाट हुने आयातमा

हेटौंडा खबर
March 3rd, 2022

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याइएको उक्त व्यवस्था एकीकृत निर्देशन संशोधन गरेर बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।भारतबाट हुने आयातमा दिइँदै आएको क्रेडिट सुविधासम्बन्धी व्यवस्थामा राष्ट्र बैंकले कडाईगरेको छ ।

भन्सारबाट सामान छुटाउनका लागि बैंकले जारी गरिदिने एक प्रकारको फारम हो । यसअघि क्रेडिटमा सामान आयात गर्दा विविनी फाराम जारी गर्नुपर्ने व्यवस्था थिएन ।‘अब भारतबाट क्रेडिटमा आयात हुने मालसामानको हकमा समेत विदेशी विनिमय नियमित गर्ने फारम (विविनिफा ४ ग) जारी गर्नुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।

यसअघि भारतबाट क्रेडिट सुविधा अन्तर्गत सामान आयात गर्दा आफूहरुको अनुकुलमा क्रेता बिक्रेताबीच सम्झौता हुन्थ्यो । त्यसपछि सामान डेलिभरी हुन्थ्यो । भन्सारबाट सामान छुटिसकेपछि मात्र क्रेता व्यापारी बैंकमा रकम भुक्तानीका लागि जानुपर्थ्यो । त्यसो गर्दा बैंकमार्फत व्यापारीले भनेअनुसारको रकम भुक्तानी गर्ने काम मात्र हुन्थ्यो । अब भने व्यापारीले भारतबाट सामान आयातको प्रक्रिया सुरु भएपछि नै बैंकमा गएर विविनी फाराम जारी गर्न लगाउनु पर्नेछ ।

पछि भन्सारबाट सामान छुटाउँदा र रकम भुक्तानी गर्दा पनि त्यही फारमका आधारमा हिसाव हुन्छ । यसो गर्दा अब बैंकलाई कुन व्यापारीले के के सामान कति मूल्यमा आयात गर्न थालेको भन्ने मात्र होइन, त्यो व्यापारीले कति क्रेडिट सुविधा उपयोग गरेको भन्ने बारेमा पनि जानकारी हुन्छ । यो व्यवस्थाले धेरै सामान ल्याएर थोरैको बिल बनाउने, एउटाको सट्टामा अर्को सामान ल्याउने, बिलमा थोरै देखाउने तर धेरै सामान ल्याउने लगायत हाल हुँदै आएका गतिविधिमा नियन्त्रण आउने दाबी राष्ट्र बैंकको छ ।

यस व्यवस्थाअन्तर्गत केही महिनाअघिसम्म ५ करोड रुपैयाँसम्मको आयात गर्न पाउने सुविधा थियो । यसअघि त्यो सीमा घटाएर ३ करोड रुपैयाँ बनाइएको हो । अहिले त्यो सीमा नघटाइकन विविनी जारी गर्न पाउने व्यवस्था गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*