प्रवेशको ‘अचार तिलैको‘ म्यूजिक भिडियो सार्वजनिक
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ ।
डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।
म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् । गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो ।
भिडियो हेर्नुहोस् :


