कोरोनाबाट तीन जनाको मृत्यु
हेटौंडा खबर
March 4th, 2022
पछिल्लो २४ घन्टामा थप ३२० संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन संक्रमितको मृत्यु भएको छ।
नेपालमा थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ।नेपालमा हालः सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको मन्त्रालयले जनाएको छ। थप १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभरि ४९२४ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


