एमालेद्वारा आइतबारको प्रतिनिधि सभा बैठक अवरोध

हेटौंडा खबर
March 6th, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि अवरोध जारी राखेको छ।

आइतबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिला सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरु उठेर वेल घेराउ गर्न पुगेका थिए।

अवरोधकै बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*