संसद् अवरोध एमालेको गैर जिम्मेवारीपन : भीम रावल

हेटौंडा खबर
March 6th, 2022

नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो अत्यन्त गैर जिम्मेवारी काम हो।

किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता जनताको जीविका जस्ता बिषयमा छलफल र त्यसले निकास देला भन्ने अपेक्षा गरेका हुन्छन्।’

संसद भनेको देशमा उत्पन्न समस्या समाधान गर्ने थलो भएको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*