माओवादी केन्द्रमा चुनाव पछि मात्र महासचिवको टुंगो

हेटौंडा खबर
March 7th, 2022

नेकपा माओवादी केन्द्रमा महाधिवेशन सम्पन्न भएको तीन महिना व्यतित हुन लाग्दा पनि अध्यक्षबाहेक अन्य पदको चयन हुन सकेको छैन । अधिकांश प्रभावशाली नेताले महासचिव नै ताकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । त्यसैले बीचको बाटो निकाल्दै उहाँले पदाधिकारी सबै आगामी चुनावपछि चयन गर्ने सम्भावना बढेको हो ।

‘अध्यक्षले तत्काल महासचिव र अन्य पदाधिकारी चयन गर्नुहोला जस्तो लाग्दैन,” दाहाल निकट एक जना केन्द्रीय सदस्यले बताए । चुनावपछि पदाधिकारीहरु चयन हुने सम्भावना बढेको उहाँको अाँकलन गछ । विशेषगरी महासचिवमा विवाद चर्को देखिएपछि अरु पदमा समेत चयन गर्न हम्मेहम्मे परेको हो ।

उनै केन्द्रीय सदस्यले भने, ‘वर्षमानलाई बनाए जनार्दन ठुस्किने, रजनार्दनलाई बनाए गिरिराजमणि र देव गुरुङहरु रिसाउने अवस्था छ । त्यसैले कसैलाई पनि ठुस्कन नदिने गरी अध्यक्षले चुनावसम्म सबैलाई घुँडा धसेर काममा खटाउने योजना बनाउनुभएको जस्तो लाग्छ । चुनावमा जसले राम्रो परिणाम ल्याउँछ,त्यसपछि चयन गर्ने सम्भावना अधिक छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*