महिलाहरुले संचालन गर्ने उद्योगहरुमा कर छुट हुने

हेटौंडा खबर
March 7th, 2022

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

११२ औं अन्तरष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताएकी हुन् ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो । त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् ।

स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले भनिन्, ‘महिलाहरुले सुरु गरेका उद्योगहरुमा छुटको व्यवस्था गर्नुपर्छ । त्यसमा मैले अहिले सेनिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ । राजस्व लाग्दो रहेछ । त्यसकारणले म आउने वित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाई सकेका छौं । त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिन जस्ता बस्तुहरुमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं । र, अरु कुराहरुमा पनि महिलाहरुलाई उत्साह दिनका लागि, हौसला दिनका लागि महिलाहरुले गर्ने जुन उद्यमशीलता छ, उद्योग छ । त्यसमा चाँही यति प्रतिशत छुटको व्यवस्था गर्नुपर्छ । त्यो गर्ने भनेको बजेट भाषणमा हो । र, त्यसको लागि म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री हुँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*