केन्द्रीय समितिमा व्यवसायीको प्रतिनिधित्व गराउने: पुष्पकमल दाहाल

हेटौंडा खबर
March 9th, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् ।

नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमाउद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक नीति बनाउन सहज हुने भन्दै उनले भने, ‘पार्टीको केन्द्रमा प्रतिनिधित्व गराउने कोसिस रहनेछ ।’

केन्द्रीय समितिमा प्रतिनिधित्व नगराउने आफूहरुको कमजोरी भएको भन्दै उनले अघि भने, ‘तपाईंहरुले पनि कम दुःख दिनु भएको छैन । हामी सबै उस्तैउस्तै छौं । अब तपाईंहरुले पनि आपसमा एकीकृत हुने, अस्वस्थ प्रतिस्पर्धाबाट उन्मुक्तितिर लैजाने, गुटबन्दीलाई परास्त गर्न भूमिका बढेर आउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*