पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ

हेटौंडा खबर
March 9th, 2022

चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक  हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् ।काठमाडौंका भीमढुङ्गा घर भएका हरि उदासी फिल्म निर्देशक पनि हुन् । लमजुङको राईनास नगरपालिका घर भएका २७ वर्षीय चिलवाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका छन् । उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

युट्युबरले अभिनेता पल शाह र बलात्कृत नाबालिकाको सम्बन्धबारे अनर्गल सामग्री प्रसारण गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*