५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क सरकारको निर्णय

हेटौंडा खबर
March 11th, 2022

सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो। यस्तो परीक्षण वर्षमा १ पटक नि:शुल्क गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयले सो अस्पताल निर्माणका लागि एक कार्यदल मार्फत् काम अघि बढाइएको जनाएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा समेत गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। मन्त्री खतिवडाले  स्वास्थ्य सेवा दिवश २०७८ मा मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*