१०१ अंकले बढ्यो नेप्से

हेटौंडा खबर
March 13th, 2022

कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। बजार आज १०१.०७ अंकले उकालो लागेको छ। यो सँगै नेप्से परिसूचक  २६६७.९७ विन्दुमा उक्लिएको छ।

ठूला कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम कारोबारको अन्तिम दिन बिहीबारको तुलनामा दोब्बरले बढेको हो । यसदिन ४ अर्ब ८७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

आज २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँमा कारोबार भएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भएको थियो।

कारोबारमा आएका १३ वटै समूहको सूचक उकालो लागेको छ। यसदिन जीवन विमा समूहको सेयर सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ। यस्तै उत्पादनको ५.०२,होटल तथा पर्यटनको ५.३७ र वित्त समूहको ५.०१ प्रतिशतले सूचक बढेको हो।

विकास बैंकको सेयर ४.७४ प्रतिशतले बढ्दा व्यापार समूहको ४.२८ प्रतिशतले बढेको छ।यस्तै अन्य समूहको ३.८४, बैंकिङको ३.२९, लघुवित्तको ३.३२ प्रतिशतले बढ्दा हाइड्रोपावरको २.४२ र सामूहिक लगानी कोषको १.०७ प्रतिशतले सेयर बढेको हो।५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यसैगरी, दोस्रो र अपि पावर र तेस्रोमा आइसीएफसी फाइनान्स रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*