विश्व फुटबलमा ह्याट्रिक भिडन्त

हेटौंडा खबर
March 14th, 2022

क्रिश्चियानो रोनाल्डोले टोटनह्याम हट्सपरलाई दुई दिनअघि हराउँदा ह्याट्रिक गरे। पोर्चुगिज स्टार रोनाल्डोको सबैखाले करिअरमा यो ५९ औं ह्याट्रिक थियो।

म्यानचेस्टर युनाइटेडको जर्सीमा फर्किएका उनको यो पहिलो ह्याट्रिक थियो। रोनाल्डोले स्पेनिस लिगमा रियल मड्रिडबाट मात्र ४४ ओटा ह्याट्रिक पूरा गरेका छन्।टोटनह्यामलाई हराउने क्रममा युनाइटेडले जम्मा तीन गोल गरेको थियो। तीनै गोल रोनाल्डोले गरेका थिए। म्यानेस्टर युनाइटेडको जर्सीमा उनले सन् २००८ मा रेड डेभिल्सविरुद्ध ह्याट्रिक गरेका थिए।

यता पीएसजीका फरवार्ड लियोनल मेस्सीले पनि ५० ह्याट्रिकको आँकडा पार गरेका छन्। मेस्सी र रोनाल्डो इतिहासका दुई मात्र यस्ता खेलाडी हुन् जसले करिअरमा ५० ह्याट्रिकको आँकडा पार गरेका छन्। मेस्सीले पनि आफ्नो सबैखाले करिअरमा ५४ ह्याट्रिक पूरा गरेका छन्।

मेस्सीले पछिल्लो पटक राष्ट्रिय फुटबल खेलको जर्सीमा विश्वकप छनोटअन्तर्गतको खेलमा बोलिभियाविरुद्ध ह्याट्रिक गरेका थिए।  १० सेप्टेम्बर २०२१ मा भएको खेलमा बोलिभियालाई अर्जेन्टिनाले ३-० ले हराउने क्रममा तीनै गोल मेस्सीले गरेका थिए।

त्यस्तै रोनाल्डोले भने राष्ट्रिय टिमको जर्सीमा पछिल्लो पटक अघिल्लो वर्ष लक्जबर्गविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए। उक्त खेल पोर्चुगलले ५-० गोलअन्तरले जितेको थियो।

उनीहरूलाई पोल्याण्ड तथा बार्यन म्युनिखका स्ट्राइकर रोवर्ट लेवन्डोस्की र उरुग्वे तथा एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेजले पछ्याइरहेका छन्। उनीहरूले क्रमशः २९ र २१ ह्याट्रिक पूरा गरेका छन्।

त्यस्तै इंग्ल्याण्ड तथा टोटनह्यमका ह्यारी केनले १८ ह्याट्रिक पूरा गरेका छन्। त्यस्तै मारियो गोमेज र सर्जियो अग्युरोले पनि १८ ह्याट्रिक पूरा गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*