सुनको मूल्य तोलामा १८ सयले घट्यो

हेटौंडा खबर
March 15th, 2022

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ तोकिएको छ।

यसअघि सोमबार सुनको मूल्य ५ सयले घटेर  तोलाको  १ लाख  २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। आज चाँदी तोलाको १३ सय ८० रुपैयाँले किनबेच भइरहेको छ। सोमबार चाँदी तोलाको  १४ सय १५ रुपैयाँमा किचबेच भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा मूल्य घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*