‘यौनकर्मी’को दृश्य काटेर नयाँ अपलोड भयो प्रकाश सपुतको ‘पिर’
गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर नयाँ अपलोड गरेका छन्।
नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ। माओवादीका पूर्वलडाकु महिला देह व्यापारमा संलग्न भएको दृश्य काटेर शनिबार युट्युबमा पुनः अपलोड गरिएको हो।
त्यो दृश्यले मुलुक परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका महिलासहितका माओवादी लडाकु र जनयुद्धकै अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले व्यापक विरोध गरेका थिए।
गायक प्रकाश सपुतको गीत ‘पीर’मा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए।


