कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी

हेटौंडा खबर
March 20th, 2022

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो।

ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि संक्रमितको संख्या बढेको छ। चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा संक्रमण देखिएको छ।

सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोनासंक्रमितको ज्यान गएको छ।  विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ। उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ।

थुप्रै देशहरूमा कोरोना संक्रमणको संख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*