मकवानपुरमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु
हेटौंडा खबर
March 22nd, 2022
मकवानपुरको मनहरी-६ रुपाचुरीमा हावाहुरीको कारण रुखको हाँगाले लागेर एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलान रहेका छन् ।
चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट घर फर्कने क्रममा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलानलाई रुखको हाँगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


