करिश्मालाई दीपकराजको कटाक्षः म पनि पार्टी प्रवेश गर्ने भएँ

हेटौंडा खबर
March 23rd, 2022

मंगलबार अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरिन्।उनको पार्टी प्रवेशलाई सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।

कलाकार दीपकराज गिरीले करिश्माको पार्टी प्रवेशपछि सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक स्टाटस लेखेका हुन्।विशेष गरेर निर्वाचनको मुखैमा आएर कलाकारको पार्टी प्रवेशलाई लिएर उनले व्यङ्ग गरेका हुन्।गिरीले लेखेका छन् ‘चुनाव आयो । हाम्रा कलाकार साथीहरु बिस्तारै पार्टी प्रबेश गर्दै हुनुहुन्छ। त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ। तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’

पार्टी प्रवेशका नाममा हरेक चुनावी प्रचारमा कलाकार प्रयोग हुँदै आएको प्रति गिरीले कटाक्ष गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*