के एमाले प्रवेश गर्न लागेका हुन् सन्दीप क्षेत्री?

हेटौंडा खबर
March 24th, 2022

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेश गरेको चर्चा नेपाली राजनीति र कला क्षेत्रमा अझै सेलाएको छैन। यही तातोमा झन् राप थप्ने काम अर्का कलाकार सन्दीप क्षेत्रीले गरेका छन्।उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गरेका छन्। ओलीसँगको भेटपछि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा फोटोसमेत पोस्ट गरेका छन्।

कलाकारको पार्टी प्रवेशको लहर चलेका बेला उनको भेटले उनी पनि एमाले प्रवेश गर्ने चर्चा सुरु भएको छ। तर, सन्दीपले भने कुनै पनि पार्टीमा आवद्ध नभएका युवाका मुद्दामा ध्यानाकर्षण गराउन मात्रै ओलीसँग भेटवार्ता गरेको बताएका छन्।

उनले ओलीलाई मात्रै होइन हरेक पार्टीका शीर्ष नेतालाई भेट्ने अभियान नै सुरु गरेको बताएका छन्। नेपालमै बसेर केही गरौं भनेर लागिपरेका युवाको मागलाई दलहरुले सुनुवाई गर्नु पर्छ भनेर यो अभियान थालेको सन्दीपले बताए। गत महिना मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका सन्दीपले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तयारीमा रहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*