प्रि ओपन सेसनमा साढे ९ अंकले बढ्यो नेप्से

हेटौंडा खबर
March 27th, 2022

साताको पहिलो कारोबार दिन(आइतबा) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५६ अंक बढेको छ।आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये २८ स्टकको मूल्य बढेको छ  भने १ कम्पनीकोे शेयरमूल्य घटेको छ  र २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*