विश्वकपपछि पनि अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने सोचमा रोनाल्डो

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १३:२५

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपपछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । संन्यासको निर्णय आफूमा निर्भर रहेकाले यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गर्दै उनले विश्वकपपछि पनि आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई अगाडि बढाउने संकेत दिएका हुन् ।

‘मलाई कतार विश्वकपपछि खेलजीवनलाई निरन्तरता दिनु हुन्छ वा हुँदैन भनेर धेरैले प्रश्न गर्छन्’, रोनाल्डोले भने, ‘मेरो भविष्य बारे अरुले के भन्छन् मलाई थाहा छैन । यसको निर्णय लिने मैले हो अरुले होइन । मलाई अझै धेरै खेल्न सक्छु जस्तो लाग्छ ।’

कतार विश्वकप २०२२ को प्लेअफ फाइनलमा पोर्चुगलले आज राति नर्थ मासेडोनियाको सामना गर्दैछ । नर्थ म्यासेडोनिया इटाली तथा पोर्चुगल टर्कीलाई हराउँदै प्लेअफको फाइनल पुगेका हुन् ।

यदी पोर्चुगलले नर्थ म्यासेडोनीलाई हराउन सके उसले सन् २०२२ मा हुने कतार विश्वकपमा स्थान सुरक्षित गर्नेछ । ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । उनले चार विश्वकप खेलिसकेका छन् ।

पोर्चुगल कतार विश्वकपमा छनोट भएमा रोनाल्डोले लोथार म्याथ्युज, राफेल मार्कवेज एन्टोनियो कार्भाहल र जियानलुइजी बुफनमा नाममा रहेको पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गर्नेछन् ।

रोनाल्डोले पोर्चुगलका लागि १८५ खेलमा ११५ गोल गरेका छन् । उनी विश्वका सर्वकालिन गोलकर्तासमेत हुन् । सन् १९९८ यता पोर्चुगलले विश्वकपका सबै संस्करण खेलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*