निर्माण व्यवसायी संघ मकवानपुरले बुझायो ज्ञापनपत्र

हेटौंडा खबर
March 31st, 2022

निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याउने, बीमाको प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजस्व सम्बन्धमा केही बुँदाहरू संशोधन एवं मागसहित निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई बिहीबार ज्ञापन पत्र बुझाएको छ ।

संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन संघका कोषाध्यक्ष ईश्वर पाठक, सहकोषध्यक्ष नवराज पाठक, कार्यसमितिका सदस्यहरु सुरज बतौँला, निर्मल देवकोटा, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य इश्वर पण्डितसहितको निर्माण व्यवसायीको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

निर्माण व्यवसायीको मागहरु ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*