राष्ट्रिय टिमका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर

हेटौंडा खबर
April 3rd, 2022

नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमलसिंह ऐरी कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेका कारण आइतबार विहान शल्यक्रिया गरिएको छ।कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उनको शल्यक्रिया गरिएको हो।

यसअघि हिजो शनिबार मलेसियाविरूद्धको टी-२० खेलमा कमल घाइते भएका थिए। खेलका दौरान फिल्डिङ गर्ने क्रममा १८औं ‍ओभरमा घाइते भएका थिए।आदिल अन्सारीको बलिङमा मलेसियाका ब्याट्सम्यानको प्रहार डाइभ हानेर रोक्ने क्रममा उनको बायाँ घाटी मुनिको हट्टीमा चोट लागेको थियो।

नेपाल ९५ रनले विजयी भएको खेलमा कमलले २ ओभर बलिङ गर्दा २ विकेट लिएका थिए।उनको शल्यक्रिया डा निरज केसी र डा निराजन सुवेदीको टिमले गरेको थियो। क्यानका अनुसार उनको चोट निको हुन कम्तिमा ६ साता लाग्नेछ।

राष्ट्रिय टिमका प्रशिक्षक पुदुबु दसानायके र फिजियो विक्रम न्यौपाने उनको नियमित निरिक्षणमा रहनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*