बलिउड अभिनेत्री मलाइका अरोराको दुर्घटना

हेटौंडा खबर
April 3rd, 2022

बलिउड अभिनेत्री मलाइका अरोराको दुर्घटनामा परेकी छन्। उनको मुम्बईस्थित पुणे एक्सप्रेसजिकै दुर्घटना भएको हो।

दुर्घटना भएसँगै मलाइकालाई मुम्बईको अपोलो अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर देखिएको छ। दुर्घटनाको विषयमा प्रहरीले एफआइआर पनि दर्ता गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मलाइकाको दुर्घटना हुँदा उक्त क्षेत्रमा महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताहरु मुम्बई आएका थिए। यिनै कार्यकर्ताहरुका कारण मुम्बईको पुणे एक्सप्रेस क्षेत्रमा निकै ट्राफिक जाम भएको थियो।

यसबीच खालापुर टोल नाका क्षेत्रमा अचानक तीन गाडीहरु एकअर्का ठोक्किएका थिए। यी गाडीहरुमध्येमा एक गाडी मलाइकाको पनि थियो।दुर्घटनामा मलाइकालाई सामान्य चोटपटक लागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*