चुनावमा भाग लिने दलहरूसँग प्रतिबद्धता लिँदै निवार्चन आयोग

हेटौंडा खबर
April 5th, 2022

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय चुनावमा भाग लिन दर्ता भएका सबै दललाई आज बिहान साढे ११ बजे आयोगको कार्यालय आइपुग्न भनिएको हो।

‘आज छलफल भन्दा पनि उनीहरूसँग प्रतिबद्धता (आचारसंहिता पालनाको) लिने कार्यक्रम हो’, प्रवक्ता पौडेलले मंगलबार बिहान नेपालखबरसँग भने।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा भाग लिन ७९ वटा राजनीतिक पार्टीले दल दर्ता गराएका छन्।आचारसंहिता लागू कहिलेदेखि गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्ने जानकारी पनि प्रवक्ता पौडेलले दिए।

उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको छ। यसको रिट निवेदन विचाराधीन छ।

तर सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेतालाई हस्ताक्षर गराउने तयारी आयोगले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*