सलमान खान हेर्ने टिकट बिक्री गर्दै प्रभु पे, मूल्य २५ हजारसम्म

हेटौंडा खबर
April 5th, 2022

आउँदो जेठ १४ मा हुन लागेको भारतीय कलाकार सलमान खानको ‘दबंग टुर’ को अनलाइन टिकट प्रभु पेबाट खरिद गर्न सकिने भएको छ ।

प्रभु पे डिजिटल वालेटबाट कार्यक्रमको दिनसम्म प्रयोगकर्ताले सहजै आफ्नो टिकट बुकिङ गर्नसक्ने जनाइएको छ ।दशरथ रंगशालामा हुने सो कार्यक्रमको टिकट दर पाँच हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म तोकिएको छ ।

आफ्नो केवाईसी भेरिफाई गरेर प्रयोगकर्ताले प्रभु पे वालेट मार्फत टिकट खरिद गर्न सक्नेछन् । त्यसैगरी प्रभु पेको ’किअस्क’ मसिनबाट पनि टिकट बुक गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*