थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो

हेटौंडा खबर
April 5th, 2022

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ । तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार शाहलाई मंगलबार नवलपुर पठाइएको हो । उनले अन्नपूर्णसँग भने, ‘पल शाह तनहुँ कारागारमा हुनुहुन्थ्यो । नवलपुरबाट थुनछेक बहसका लागि परिपत्र आएपछि नवलपुर पठाइएको हो ।’

यसअघि तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी आरोपमा शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। उमेर नपुगेकी किशोरीमाथि बलात्कार अभियोग लागेका शाहले जिल्ला अदालत तनहुँको आदेश बदर माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका छन्। जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

पटक-पटक आफूमाथि बलात्कार गरेको भन्दै किशोरीले शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गराएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*