‘आरआरआर’को सफलतासँगै राम चरणले दिए निर्माण टिमलाई सुनको सिक्का

हेटौंडा खबर
April 6th, 2022

दक्षिण भारतीय अभिनेता राम चरणको फिल्म ‘आरआरआर’ले अहिले सिनेमा हलमा तहल्का मच्चाइरहेको छ।

एसएस राजमौलीको निर्देशनमा बनेको फिल्मले प्रदर्शनमा आएको १० दिनमा बक्स अफिसबाट ९ सय करोड भारतीय रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ। राम चरणसँगै जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगणलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मले अहिले विश्वभर नै चर्चा पनि कमाइरहेको छ।

फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै अभिनेता राम चरणले फरक शैलीमा खुसी मनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता चरणले फिल्मको निर्माणका लागि काम गर्ने सबै क्रु सदस्यहरुलाई सुन उपहार दिएका छन्।

उनले फिल्ममा काम गर्ने सबैलाई १० ग्रामको सुनको सिक्का उपहार दिएका छन्। उनले सबैलाई दिएको उपहारको मूल्य करिब १८ लाख भारतीय रुपैयाँ भएको बताइएको छ।

फिल्मले पहिलो हप्ता ७ सय ९ करोड ३६ लाख भारतीय रुपैयाँ आम्दानी गरेको थियो भने बाँकी रकम दोस्रो हप्तामा कमाएको छ। ५ सय करोडको लगानीमा बनेको यो फिल्म तेलगुसँगै तमिल, कन्नड र हिन्दी भाषामा प्रदर्शनमा आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*