एमालेले गरेन निर्वाचन आचारसंहितामा हस्ताक्षर

हेटौंडा खबर
April 6th, 2022

निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयनमा नेकपा एमालेले  लिखित हस्ताक्षर गरेन। एमाले कानुन विभाग प्रमुख रमेश बडालले आचारसंहिता प्रतिबद्धताको हस्ताक्षर कार्यक्रममा तनावयुक्त वातावरण भएको बताए।

‘हामी तनावमा थिएनौं। तर, अरू साथीहरूको बीचमा जुन तनाव भयो। त्यसले राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘बैठकमा तनावको वातावरण थियो। तनावको वातावरणमा कुनै पनि कार्य गर्नुहुँदैन भनेर नै आचारसंहिताको प्रतिबद्धतामा हस्ताक्षर गरेनौं।’

उनले आचारसंहितामा भएका सबै बुँदाहरू पढ्ने र बुझेपछि मात्र हस्ताक्षर गर्ने बताए। आयोग बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी फर्किएका थिए।

प्रतिबद्धतापत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाललगायतले हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा  आचारसंहिताको कार्यान्वयन गर्न राजनीतिक दलको  लिखित प्रतिबद्धताका लागि मंगलबार बैठक  गरेको थियो। आगामी वैशाख ३० गते  हुने  निर्वाचनमा सहभागिताका लागि ७९ दल दर्ता भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*