०.२६ अंकले घट्यो नेप्से

हेटौंडा खबर
April 6th, 2022

प्री ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंकले घटेर २४५१.८१ विन्दुमा अडिएको छ । यो समयमा ६ कम्पनीको २६९ कित्ता सेयर  १ लाख ४१ हजार ४९० रुपैयाँमा खरिद बिक्री भयो। कुल १२ वटा कारोबार भएको छ ।

कारोबारमा आएका ५ समूहमध्ये २ समूहको मात्र सूचक बढ्यो । जलविद्युत  र वित्त समूहको सूचक बढेको हो। बाँकी विकास बैंक, अन्य र लगानी समूहको सूचक ओरालो लाग्यो। २ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । सेन्सेटिभ इन्डेक्स १६७.०४ विन्दुमा बन्द भयो।

दुई कम्पनीको मूल्‍य बढेको छ भने चार कम्पनीको घट्यो। सोही समयमा ५६ हजार ३८५ रुपैयाँमा सेयर खरिदबिक्री गरी नेपाल इन्फ्रास्टक्चर (नेफ्रा) अग्रस्थानमा रह्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*