हेटौडा एकेडेमीका विद्यार्थीहरुद्वारा मामाघरलाई सहयोग

हेटौंडा खबर
April 6th, 2022

हेटौडा- हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालय, सहिद स्मारक हेटौडाका विद्यार्थीहरूको ‘हेटौडा एकेडेमी सोसल क्लब’द्वारा हेटौडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आयोजित ‘सहयोगी हातहरु कार्यक्रम’ मार्फत् मामाघर नेपालमा आश्रित बालबालिकाहरूको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ ।‘थ्यग बचभ लयत बयिलभ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् एकेडेमीकै शिक्षक अभिभावक संघका अध्यक्ष सविन न्यौपानेले स्कूलका विद्यार्थीहरुको अग्रसरतामा यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्त सुखद् कुरा भएको बताउँदै आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम गर्न सफलता मिलोस् भन्ने शुभेच्छा प्रकट गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौडा एकेडेमी विद्यालय व्यवस्थापन समितिकी सदस्य अंकिता सुमार्गीले मामाघरमा आश्रित एक जेहेन्दार विद्यार्थीलाई हेटौडा एकेडेमीमा निःशुल्क पढाउने सम्बन्धमा हेटौडा एकेडेमी विद्यालय व्यवस्थापन समिति अध्यक्ष अरुणराज सुमार्गी र मामाघर व्यवस्थापन बीच सहमति भएको खुलासा गरे ।हेटौडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले ‘बाल केन्द्रित, अभिभावकमैत्री र सामाजिकरूपमा जिम्मेबार’ विद्यालयको रूपमा हेटौडा एकेडेमीलाई थप उचाइमा पु¥याउने आफ्नो योजना रहेको र त्यसैको आधारको रूपमा यस्ता कार्यक्रमहरु गर्न विभिन्न विद्यार्थी क्लबहरु मार्फत् विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने गरिएको बताए ।

उक्त कार्यक्रमलाई हेटौंडा एकेडेमीकी प्राचार्य गौरीदेवी चिमरिया, मामाघर नेपालका अध्यक्ष अर्पण पराजुली र हेटौंडा एकेडेमी सोसल क्लबका सदस्य कक्षा ७ का छात्र अमिक खत्रीले सम्बोधन गरेका थिए ।कक्षा ९ का छात्राहरु बिबिका पराजुलीले संचालन गर्नुभएको र हिमाली जैसवालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ८ का छात्र समिप राज ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*