नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न भारतले दियो स्वीकृति

हेटौंडा खबर
April 6th, 2022

भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ।

ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन्।

यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो। नेपालले थप बिजुली लैजान भारतलाई आग्रह गरेको थियो।

गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो।

सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको हो।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको कुरा आजमात्रै जानकारीमा आएको बताए।

अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ। बर्खामा नेपालमा उत्पादित बढी भएको बिजुली भारतको खुला बजारमा बिक्री हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*