कमल थापाका भतिजाले छोडे राप्रपा

हेटौंडा खबर
April 6th, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अभिषेक थापाले राजीनामा दिएका छन्।

बुधबार उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएका हुन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा थापा गत मंसिरमा भएको राप्रपा एकता महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

पार्टीमा बिचलन बढेको र अप्ठ्यारो महसुस भएकाले राजीनामा दिएको उनले दाबी गरेका छन्।

राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरी राप्रपा नेपाल ब्युँताएका थिए। अभिषेक त्यही राप्रपा नेपालमा जानका लागि पार्टी छोडेको हुन सक्ने अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*