विश्वकप नजिकिँदै, फुटबल १०० मिनेटको बनाउने तयारीमा फिफा
हेटौंडा खबर
April 7th, 2022
कतार विश्वकप २०२२ नजिकिँदै गएको छ। यसैवर्षको नोभेम्बरमा फुटबलको विश्वकप हुनेछ।
विश्वकप हुने वर्ष अर्थात् यसवर्ष नै फिफाले फुटबललाई १०० मिनेटको बनाउने योजना पनि बनाइरहेको छ।फुटबल इटालियाका अनुसार फिफाले फुटबल खेलको निर्धारित समयमा १० मिनेट थप गर्न खोजिरहेको छ।
फुटबल खेल दौरान अपेक्षित रुपमा बल खेलको नियन्त्रणमा नभएको भन्दै समय थपको योजना अघि बढाइएको हो।


