सात वुँदे घोषणा पत्र जारी गर्दै दुई दिने नेशनल युथ फोरम सम्पन्न

हेटौंडा खबर
April 10th, 2022

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सहकारीमा युवाहरूको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरूको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी  गर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरूलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रमको निष्कर्ष रहेको बताइएको छ ।

यसैगरी युवाहरूको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्नेलगायतका ७ बुँदे घोषणा पत्र जारी भएको हो ।

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम् प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ ।

यस्तै, सहकारीमार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने, सहकारीमा युवा उद्यमशिताका नतिजाहरूको तथ्याङ्क एकीकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरूलाई उद्यमशिलता जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारीमार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरूजुट्नुपर्ने बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती  भएको महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए ।

उनले कार्यक्रम गर्नुको मुल उद्देश्य भनेको सहकारीमार्फत उधमशिलतामा युवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए ।

दुई दिनसम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरू सहभागी थिए । फोरममा देशभरका २५० सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*