नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक उन्नत लोकतन्त्र पार्टीमा प्रवेश

हेटौंडा खबर
April 10th, 2022

नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वमहानिर्देशक लिम्बु र ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा स्वागत नेपालले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका हुन् ।

वायुसेवा निगमका महाप्रबन्धक केबी लिम्बुलाई अध्यक्ष स्वागत नेपालले संस्थापक सदस्यता प्रदान गरेका थिए । यसैगरी, आज ‘परिवर्तनका लागि हाम्रो आवाज’का संयोजक साजन विश्वकर्माले पार्टीको संस्थापक सदस्यता ग्रहण गरेसँगै अभियान पनि आजदेखि उन्नत लोकतन्त्र पार्टीमा समाहित भएको जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष नेपालले वायुसेवा निगममा हुने जरैदेखिको भ्रष्टाचारलाई निर्मुल पार्ने एक व्यक्ति केबी लिम्बु भएको बताए ।  कार्यक्रममा बोल्दै नवप्रवेशी साजन विश्वकर्माले विचार सबैभन्दा ठुलो भएको सुनाए । लामो समयदेखि उन्नत लोकतन्त्र पार्टीसँगै काम गर्दै आएको र लामो प्रयासपछि आज पार्टी एकता गर्न सफल भएको सुनाए । उनले आजको सफलताले नयाँ रुपान्तरण शक्तिको रुपमा प्रस्तुत हुने पनि प्रतिवद्धता गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*