सुनचाँदीको मूल्य आज पनि बढ्यो

हेटौंडा खबर
April 13th, 2022

 नेपाली बजारमा सुनचाँदीको मूल्य आज बुधबार पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँ रहेको छापावाल सुनलाई आज एक लाख एक हजार ५०० रुपैयाँ पर्नेछ भने एक लाख ४०० रुपैयाँ रहेको तेजावी सुनलाई एक लाख एक हजार रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि बढेर प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*