बलिउडकी आस्था गिलको काठमाडौंमा कन्सर्ट

हेटौंडा खबर
April 13th, 2022

नेपालमा कोरोनाको महामारी मत्थर भएसँगै विभिन्न साँगीतिक कार्यक्रम हुने क्रम बढेको छ । यसै क्रममा बलिउड गायिका आस्था गिलको पनि काठमाडौंमा कन्सर्ट हुने भएको छ । आगामी २४ वैशाख शनिबार बेलुका उनले काठमाडौंमा आफ्ना गीतहरु प्रस्तुत गर्ने छिन् ।

दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा उनले आफ्ना लोकप्रिय हिट गीतहरु प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ ।

यो कन्सर्टको आयोजना युहान इन्टरनेसनल इभेन्ट, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा गर्न लागेको हो । यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेको जनाएको छ । उनीहरुले जेनेरलका लागि १ हजार र भीआइपीका लागि २ हजार रुपैयाँ मूल्यको टिक बिक्रीमा राखेको आयोजक सानु खानले जनाएका छन् ।

‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाले आफ्ना चर्चित गीतहरु ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीतहरु यो कन्सर्टमा गाउने छिन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’को प्रतिष्पर्धी पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*