हेटौंडाको मेयरमा मिना लामा र श्रीधर पोखरेलको नाम सिफारिस

हेटौंडा खबर
April 16th, 2022

आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ ।

एसको उपमहानगरपालिका कमिटीको शनिबार बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा हालकि उपमेयर मिना कुमारी लामा र नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो । त्यस्तै एसको तर्फबाट उपमेयर पदको उम्मेदवारको रूपमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै हेटौंडाका १९ वटै वडाका वडाअध्यक्षको उम्मेदवारको नाम पनि जिल्ला कमिटी सिफारिस गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टी सहित ५ दलीय गठबन्धन भए पनि आज हेटौंडाको वडा र उपमहानगरका उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

वडाअध्यक्षको उम्मेदवारको रुपमा हेटौँडा १ मा बेगम बराल, २ मा तारा ढुङ्गाना लामा र शिरि पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङको नाम सिफारिस गरिएको छ ।

त्यस्तै हेटौंडा ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेलको नाम सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*