देशैभर चिसो, वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली रहेको छ । मंगलबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश ...

भारतमा पनि भेटियो कोरोनाको नयाँ प्राजाति

भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार भेटिएको छ । भारत राजस्थानको श्रीगंगानगरका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको समाचार संस्था एएनआईले जनाएको छ । नयाँ भाइरस देखिएपछि तीन जनालाई नै जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको...

मुख्यमन्त्री पौडेलको आरोप – मकवानपुरका सांसद विकास विरोधी, जनतालाई विकास पचेन 

आफुमाथि अविस्वासको प्रस्ताव दर्ता भएपछी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका सांसद विकास विरोधी र यहाँका जनतालाई विकास अपच भएको आरोप लगाएका छन् । बुधबार हेटौंडाको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको कार्यक्रममा बोल्दै पौडेलले आफु नेतृत्वमा रहेको  प्रदेश सरकारले...

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मुख्यमन्त्रीविरुद्ध शालिकरामकै नेतृत्वमा केहिदिन अघि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उनीहरुलाई मंगलबार पदमुक्त गर्दै स्पष्टीकरण समेत सोधिएको छ ।...

आज काठमाडौंमा यसवर्षकै धेरै चिसो

आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा...

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खन्याईयो

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...

हेटौंडामा काङ्ग्रेसको बिरोध प्रदर्शन :  “ओलीले जनमतको खिल्ली उडाए”

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पु्ष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको खिल्ली उडाएको बताएकी छिन् । नेपाली कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया चिसापानीमा भएको विरोध सभालाई...

अब जनताले कम्युनिष्टलाई पत्तासाफ पार्छन् : काङ्ग्रेस नेत्री ‘डीना’

नेपाली कांग्रेसकि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले अब जनताले नै कम्युनिष्टलाई नेपालबाट पत्तासाफ गराउने चेतावनी दिएकी छिन् । सोमबार मकवानपुरको थाहा नगरपालिकामा भएको क्षेत्र नम्बर २ को विरोध प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सनकको भरमा प्रतिनिधिसभा...

हेटौंडाबाट जसपाको चेतावनी : ओली सरकार नसुध्रिए अन्त्यष्टि गर्न १९ घण्टा पनि लाग्दैन

जनता समाजवादी पार्टी मकवानपुरका नेता तुफान बिक्रम क्षेत्रिले बिधटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ओली सरकार नसुध्रिए यो सरकारको अन्त्यष्टि गर्न १९ घण्टा पनि नलाग्ने चेतावनी दिएका छन् । संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको जसपाले आज हेटौंडामा गरेको...

कांग्रेस मकवानपुरले पुस १३ गते दुई क्षेत्रबाट विरोध प्रदर्शन गर्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा १ को हेटौंडा उपमहानगरपालिका १६ को हटिया चिसापानी बजार र प्रतिनिधिसभा...