हेटौंडा बसपार्कको होटलमा ९ दिन देखि बन्धक बनाएर पैसा माग्ने ३ जना पक्राउ
हेटौंडाको एक होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कको ट्राभल होटल एण्ड लजमा पर्सा बिरंगज महानगरपालिका वडा नं. १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग...
हेटौंडा अस्पतालमा ओपिडी सेवाको समय थप, अब साढे नौं बजेदेखि बिरामी जाँच हुने
हेटौंडा अस्पतालको ओपिडी सेवाको समय थप गरिएको छ । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीको चाप बढेकाले र समयमै उपचार पाउँन नसकेको गुनासो बढेकाले ओपिडीको समय थप गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिएका छन् ।...
हेटौंडा अस्पतालले भन्यो- हाम्रा डाक्टर ड्युटी समयमा क्लिनिकमा भेटिए तत्काल कारवाही गर्छौं
हेटौंडा अस्पतालका चिकित्सक निजि क्लिनिकमा देखिए तत्काल कारवाही प्रक्रिया थाल्ने अस्पताल प्रशासनले जनाएको छ । हेटौंडा अस्पतालमा विभिन्न समस्याका कारण बिरामीलाई हुने गरेको सास्तीको विषयमा चौतर्फी विरोध हुन थालेपछी यस विषयमा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिले आज पत्रकार...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनलाग्दी- जेठमा हुनुपर्ने परीक्षा अझै भएन, विद्यार्थीको भविष्य अन्योल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको मनलाग्दीले विद्यार्थीको भविस्य अन्योलमा परेको छ । हेटौंडा स्थित प्रतिष्ठानले जेठमा हुनुपर्ने जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीको स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा रोकिदिएपछी अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको हो । यस अघि...
हेटौंडा-३ का जनप्रतिनिधिहरुलाई वडा स्तरीय युवा क्लबको स्वागत तथा सम्मान
वडा स्तरीय युवा क्लबले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । सोमबार वडा स्तरीय युवा क्लब हेटौंडा-३ ले वडा कार्यालयमा पुगी नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गर्दै शुभकामना आदानप्रदान समेत गरेको हो ।...
हेटौंडा अस्पतालको लापरबाही विरुद्ध प्रदर्शन, मेसुलाई युवाहरुले घेरे
हेटौंडा अस्पतका मेसु डाक्टर रामचन्द्र सापकोटालाई जनताले घेरेका छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीले खेप्नु परेको सास्तीको विरुद्ध अस्पतालमा नागरिकले आन्दोलन थालेका छन् । विरोध स्वरुप अस्पतालमा हेटौंडामा स्वतन्त्र युवाले धर्ना दिएका छन् भने...
हेटौंडा उपमहानगरको प्रवक्तामा न्यौपाने
हेटौंडा उपमहानगरपालिकाको प्रवक्तामा वडा नम्बर -१ का अध्यक्ष सविन न्यौपाने चयन भएका छन् । शनिवार बसेको कार्यपालिका बैठकले न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । पूर्वपत्रकार समेत रहेका न्यौपाने हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाका वडा अध्यक्ष हुन् । उनी गत ३०...
नवोदयमा ‘माइक्रोस्कोप अपरेटिङ’ र ‘टेम्पोररी स्लाइड’ सम्बन्धी अभिमुखीकरण
हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७...
हेटौंडा अस्पतालमा बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड, ज्यान तलमाथि भए को जिम्मेवार ?
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा गम्भीर लापरवाही हुने गरेको छ । कर्मचारी तथा अस्पताल संचालन तथा व्यवस्थापन समितिको लापरवाहीले बिरामीको ज्यान नै तलमाथि हुन्छ कि भन्ने चिन्ताले हेटौंडा अस्पताल पुगेका बिरामीका आफन्त निकै निरास हुन्छन् कारण...
जिसस मकवानपुरमा ललित घलान विजयी, लिए सपथ
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी भएका छन् । बिहीबार भएको निर्वाचनबाट गठबन्धनका उम्मेदवार घलान विजयी भएका हुन् । सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी भए । जिसस प्रमुखमा...










