राप्रपा मकवानपुरको टिमले कमल थापालाई साथ दिने

हेटौंडा खबर
March 29th, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले पार्टीका पूर्व अध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् ।

मंगलबार एक वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने उनीहरुले जनाएका छन् ।

वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेकोले उनलाई साथ दिने उल्लेख गरिएको छ । थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता वक्तव्यमा उल्लेख छ ।

वक्तब्यमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखसहित ७८ जना नेताहरुको नाम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*