डाइपरमा लुकाएर ल्याएको अवस्थामा सुनसहित महिला पक्राउ
डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिला सुनसहित पक्राउ परेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
दोलखाकी २४ वर्षीय एक महिलालाई प्रहरीले बुधबार राति ७ बजे पक्राउ गरेको हो।
कतार एयरवेजबाट दोहाबाट काठमाडौं आएकी उनले ४२ थान बच्चाको डाइपर बोकेर ल्याएकी थिइन्। त्यसभित्र ३१७ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको भट्टराईले बताए।
२५० वटा सानो रिङ आकारको सुन बरामद गरेको हो। ती महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।


